तेरिया मगरको डेब्यू फिल्म ‘मीतज्यू’ को छायांकन माघदेखि
काठमाडाैं | पुस ६, २०८२
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।
कार्यशालामा डान्सर तेरिया मगर, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने सहभागी रहेको जनाइएको छ ।
भारतीय टिभी रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’ को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता डान्सर मगरले नेपाली फिल्मको यो प्रोजेक्टबाट डेब्यू गर्न लागेकी हुन् ।
अभिनय कार्यशाला केही दिन चल्ने जनाइएको छ । निर्माता जनक घर्तीमगरले कलाकारलाई वर्कसपमार्फत आफ्नो भूमिकबारे जानकारी गराउन खोजिएको बताए ।
यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, शिशिर वाङ्देल, अरुण पुनमगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना रानामगर, अनुशा राई, खड्कबहादुर पुन मगरको पनि अभिनय हुनेछ ।
रोल्पाका विभिन्न स्थानमा खिचिने फिल्मको प्रदर्शन १५ जेठलाई तोकिएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

